पढेर ठुलो मान्छे बन्नुपर्छ

Learnings of My Life

Originally published in ne
Reactions 1
685
Suneel
Suneel 17 Feb, 2022 | 1 min read
nepal

"बाबु पढेर ठुलो मान्छे बन्नुपर्छ" येही सिकाइयो र भरिदिइयो कलिलो मस्तिस्कमा मेरो तोते बोलि फुट्न नपाउदै। आज्ञाकारी पुत्र हुनैपरने हाम्रो सस्कार, सोहि आनुशर मलाइआगाडी हिड्न सिकाईयो । मन खेल्न खोज्थ्यो तर समाज, मास्टर, आमा, बुवा पढ मात्रै भन्नुहुन्थ्यॊ। फकाएर हुन्छ या गालि गरेर हुन्छ कि कुटेर, बश मलाई पढ्न लगाइन्थ्यो, कसैलाई प्रबाह थिएन मेरो इच्छया, रहर र खुबी। क्रिच्केट खेल्न सारै रुचाउने मलाई, भागी भागी खेल्न जादा सोहि क्रिच्केट खेल्ने मुहुरो आफुमाथि बज्रपात हुन्थ्यो र म भनिन्थ्यो खेल्नु त ठुलो भुल हो । बाहिर गयो कि गालि र कुटाई खाने, किताब छोयो कि माया पाउने म अब माया मात्रै पाउन थाले।  

 

म को हु र मेरो गन्तब्य कहाँ सम्म हो थाहा नपाई म विदेशिए, मेरो समाज र परिवार को बाचा पुरा गर्न । "पढेर ठुलो मान्छे बन्नुपर्छ" येही सोच ले मैले मास्टर्स पनि सके तर पनि ठुलो मान्छे हुने कसरी अत्तॊ पत्तॊ भएन । अब बल्ल सुरु भयो मेरो आफ्नो जिन्दगिको खोज, धन्यबाद दिन चाहन्छु भगवान तपाइलाई , मलाई म चिनाउन विदेशनै आउनु परेको मा। 

 

किताबी ग्यान अरुतिर भएन ध्यान तेसैले बिदेशमा सुरु सुरुमा भयो ल्याङ्ग । गर्न थाले मरेर काम, बल्ल थाहा हुन थाल्यो बाहिरी ग्यान अनि सुरु गरे अफ्फ्नो बाटो आफैले खान्ने काम । ठुलो मान्छे हुनलlइ पहिले चिन्नुपर्ने रहेछ आफुलाई , बनाउनुपर्ने रहेछ आफ्नो गन्तब्य, पढ्नुपर्ने रहेछ बाहिरी दुनिया, सिक्नुपर्ने रहेछ सिप, जान्नुपर्ने रहेछ हार्न, बुजनुपर्ने रहेछ दुनिया र आफ्नै समाजलाई नकार्न ! 

 

पढेर मात्रै होइन, परेर थाहा पाईयो गलत रहेछन मेरो समाज, गुरु, र आफन्ती हरु। किताबी ग्यान मात्र भएर जफिर त जसो तसो खाईएला, तर ठुलो मान्छे भैदिन रहेछ एसको लागि त सामाजिक र ब्यबहारिक ग्यान पो ठुलो रहेछ। सोच, हिह्म्मत र आत्माबिश्वाश ले रहेछ मान्छेलाइ ठुलो बनाउने जुन किताब बाट भन्दा धेरै बाहिर घुमेर, डुलेर र संगातले सिकाउने रहेछ। आज बुज्दै छु - सफलता र असफलता आफु भित्र निहित हुने रहेछ तेसैले "जुटाउदै छु त्यो साहस, बुन्दै छु सोच र गर्दै छु खोज - उही ठुलो मान्छेको, उही ठुलो मान्छेको "   

  

सुनिल सिग्देल 

1 likes

Published By

Suneel

suneel

Comments

Appreciate the author by telling what you feel about the post 💓

Please Login or Create a free account to comment.